Additional Resource

COVID-19 अद्यावधिक गर्नुहोस् (Nepali)

विश्वव्यापी रुपमा चर्चका सदस्यहरूका भेलाहरूलाई अस्थायी रुपमा स्थगित गरिएको छ

स्थानीय अगुवाहरूले कम्तिमा पनि महिनाको एक पटक सदस्यहरुलाई प्रभूभोज कसरी उपलब्ध गराउने भनेर निर्धारण गर्न सल्लाह गर्नुहुनेछ

पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चका प्रथम अध्यक्षता र बाह्र प्रेरितहरूको गणले मार्च १२, २०२० मा निम्न पत्र विश्वव्यापी रुपमा चर्चका सदस्यहरूलाई पठाउनुभयो।

प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू,

मार्च ११, २०२० को हाम्रो पत्रमा प्रतिज्ञा गरे अनुसार, हामी विश्वभर COVID-१९ का सम्बन्धमा परिवर्तित परिस्थितिहरूका बारेमा निरन्तर अनुगमन गरिरहेकाछौँ। हामीले चर्चका स्थानीय अगुवाहरू, सरकारी अधिकारीहरू र चिकित्सा व्यवसायीहरूको सल्लाह विचार गरेका छौं, र यी मामिलाहरूमा परमप्रभुको मार्गदर्शन खोजेका छौं। अब हामी निम्न अद्यावधिक गरिएको निर्देशनहरू प्रदान गर्दछौं।

अर्को सूचना जारी नहुँदासम्म तत्कालै लागु हुने गरी विश्वव्यापी रुपमा चर्चका सदस्यहरूका सबै सार्वजनिक भेलाहरू अस्थायी रुपमा  स्थगित गरिएको छ। यसले समावेश गर्दछ:

  • किला सम्मेलनहरू, नेतृत्व सम्मेलनहरू र अन्य ठूला भेलाहरू
  • प्रभूभोज सहितका सबै सार्वजनिक आराधनाका सेवाहरू
  • शाखा, वार्ड र किलाका क्रियाकलापहरू

सम्भव हुने ठाउँमा, कृपया प्रविधिका माध्यमबाट कुनै पनि आवश्यक नेतृत्व वैठकहरू सञ्चालन गर्नुहोस्। विशेष प्रश्नहरू स्थानिय पादरित्व गणका अगुवाहरूलाई प्रस्तुत गर्न सकिन्छ। अन्य विषयहरूका सम्बन्धमा थप निर्देशन प्रदान गरिनेछ।

सदस्यलाई कम्तिमा पनि महिनाको एक पटक कसरी प्रभूभोज उपलब्ध गराउने भनेर निर्धारण गर्न विशपहरूले आफ्ना किला अध्यक्षसँग परामर्श गर्नुपर्छ।

हामी सेवाकार्यमा सम्लग्न सदस्यहरूलाई एक अर्काको हेरचाह गर्नका लागि प्रोत्साहित गर्दछौं। हामीले अरूलाई आशीषित गर्न र उठाउनका लागि मुक्तिदाताको उदाहरण अनुसरण गर्नुपर्छ।

अनिश्चितताको यो समयमा हामी परमप्रभुको प्रेमका बारेमा साक्षी दिन्छौं। तपाईंले हरेक परिस्थितिमा येशू ख्रीष्टको सुसमाचार अनुरुप जिउने जति सक्दो प्रयास गर्नुहुन्छ त्यति नै उहाँ तपाईंलाई आनन्द प्राप्त गर्नका लागि आशीषित गर्नुहुनेछ।

भवदीय,

प्रथम अध्यक्षता तथा बाह्र प्रेरित गण

Style Guide Note:When reporting about The Church of Jesus Christ of Latter-day Saints, please use the complete name of the Church in the first reference. For more information on the use of the name of the Church, go to our online Style Guide.